सारांश
नेपाल कृषि प्रधान देश हो र अधिकांश नेपालीहरूको जीविकोपार्जनको पहिलो आधार कृषि पेशा हो। यसैले कृषि उत्पादन मार्फत व्यक्तिको जीवनस्तर वृद्धि गर्दै समग्र देशको आर्थिक अवस्था सुदृढ बनाउन कृषिको पहिलो अंग नै बीउ हो। त्यसमा पनि तरकारी बीउ पोषण र खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले गुणस्तरीय जातीय शुद्धता कायम गरी नेपाली हावापानी सहने तरकारी बीउ उत्पादन र बजारीकरण गर्ने उद्देश्यले यस लाइफ सिड्स उद्योग स्थापना भएको हो। यस उद्योगले नेपालमा विकास भएका तरकारीका जातहरूको बीउ उत्पादन र बजारीकरण गर्दै आएको छ।