प्रदेश नं.२ मा बागवानी क्षेत्रको अवस्था र यससँग सम्बद्ध प्रदेश सरकारको नीतिगत ब्यवस्था

मनिष कुमार पाल
बाली विकास अधिकृत
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.२, जनकपुरधाम 

Corresponding author e-mail : ramanpal273@gmail.com

परिचय

सात वटै प्रदेश मध्ये प्रदेश नं. २ जनसङख्याको हिसाबले नेपालको दास्रो ठुलो प्रदेश हो । नेपालको कुल जनसङख्याको 
२०.४५ ५ मानिस यहाँ बसोबास गर्दछन् । यस प्रदेश भित्र जम्मा ५८ लाख ५९ हजार ५२ जनसङख्या छ । यस प्रदेशमा 
पुरुषको तुलनामा महिलाको जनसङख्या बढी रहेको छ । नेपालको कुल क्षेत्रफलको तुलनामा ६.६ ५ यस प्रदेशले 
ओगटेको छ । प्रदेश २ का आठ वटा जिल्लाहरु क्रमशः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा 
रहेका छन् । पर्सा देखी सप्तरी सम्मका भू भागलाई कृषि पकेट क्षेत्र मानिएको हो । यस प्रदेशको धेरै जसो मानिसको 
निर्वाहको मुख्य स्रोत कृषि पेशा नै हो । प्रदेशमा कुल कृषि योग्य भूमि झन्डै ५ लाख ९३ हजार हेक्टर रहेकोमा करिब 
३ लाख ५७ हजार हेक्टर कुल सिञ्चीत भूमि भनिए तापनि बर्षभरी सिचाइको सुबिधा हुने क्षेत्रफल करिब ३९ हजार 
हेक्टर मात्र रहेको पाइन्छ । यस प्रदेशको कुल क्षेत्रफल ९ हजार ६ सय ६१ वर्ग कि.मि. छ । कुल गा्रर्हस्थ उत्पादनमा यस 
प्रदेशले १६.२ ५ योगदान गर्दछ । देश भरी हुने कृषि तथा पशु क्षेत्रको उत्पादनमा यस प्रदेशको योगदान १३ ५ मात्र छ ।
यँहा मुख्य फलफुलको रुपमा खासगरी आँप, लिँची, केरा, मेवा, अम्बा, अनार, कटहर, आदि लगाउने गरिन्छ भने 
तरकारीमा प्राय सबै किसिमका ताजा तरकारीहरु उत्पादन गरिन्छ ।नेपालमा दैनिक दुई करोड रुपियाँको फूल उत्पादन 
हुने तथ्याङ्क भए पनि यस प्रदेशमा सयपत्री फुलको खेति फाटफुट रुपमा किसानले थालनी गरे पनि यसमा किसानको 
आकर्षण अझै हुन सकेका छैन्न । 
प्राविधिकलाई तालिम लगायतका कार्यहरु संचालन गर्न आवश्यक छ । त्यसै गरी सुन्तला तथा जुनारको हालको 
उत्पादन अत्यान्त कम भएकोले यिनको उत्पादन बढाउने र लेमोन उत्पादनको प्रविधि विकास गरी तिव्व्तको माग अनुसार 
ब्यवसायिक उत्पादन सुरु गर्न पनि आवश्यक छ । 

Published Year
2020

Volume
Proceeding Volume 11

Issue