सुन्तलाजात फलफुलको चीनमा निर्यातः अवसर, चुनौती र चालिनु पर्ने कदम

डा कृष्णप्रसाद पौड्याल 
डा उमेश आचार्य 
राजेन्द्र कोइराला
महेश चन्द्र आचाय

सारसंक्षेप

नेपालमा खेती गरिने फलफुल बालीहरूमध्ये सुन्तलाजात फलफुल आँपपछि सवभन्दा धेरै क्षेत्रफलमा खेती गरिने बाली 
हुन् । आ.व. २०७४÷७५ मा नेपालमा ४४,४२४ हेक्टर जमिनमा खेती गरिएको सुन्तलाजात फलफुल बालीबाट 
२,४५,१७६ मेट्रिक टन फल उत्पादन भएको थियो । मध्यपहाडको हावापानी सुन्तला र जुनार खेतीको लागि अत्यान्त 
उपयुक्त मानिन्छ भने कागती र लेमन तराईदेखि मध्यपहाडसम्म नै खेती गर्न सकिन्छ । सुन्तलाजात फलफुलको उच्च 
गुणस्तरीय उत्पादन गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै विगत लामो समयदहेखि सरकारले यी बालीको अनुसन्धान 
र ब्यवसायिक प्रवर्धनमा विशेष प्राथमिकता दिदै आएको छ । यसको फलस्वरुप देशका ६० जिल्लामा सुन्तलाजात 
फलफुलको खेती विस्तार भएको छ भने ४२ जिल्लामा ब्यवसायिक खेती हुने गरेको छ । सरकारले सुन्तलाजात 
फलफुललाई लामो समयदेखि निर्यात योग्य बालीकोरुपमा पनि पहिचान गरेको भए पनि निर्यात भने खासै हुन सकेको 
छैन । यसको विपरित हरेक वर्ष आयात भने बढिरहेको छ । आ. व. २०७६÷७६ मा २२ लाख मुल्य बरावरको १५० 
मे. ट. सुन्तला÷जुनार भारत निकासी भएकोमा २ अर्व ३१ करोड मुल्य बरावरको करिव ४३ हजार मेट्रिक टन सुन्तला, 
जुनार र कागती भारतबाट नेपाल आयात भएको थियो । सुन्तलाजात फलफुलमा नेपालको परनिर्भरता बढ्दो अवस्थामा 
हुँदाहँुदै पनि नेपाल सरकार र चीन सरकारबीच नेपाली सुन्तला, जुनार र लेमन (चस्मे कागती) चीनको स्वशासित क्षेत्र 
तिव्वत निर्यात गर्ने सम्वन्धि सम्झौता २०७६÷०६÷२६ मा भएको छ । यस सम्झौताबाट नेपालमा उत्पादीत सुन्तलाजात 
फलफुल तिव्वत निर्यात गर्न ढोका खुलेको छ । मध्यपहाडमा ब्यापकरुपमा क्षेत्र विस्तर र उच्चस्तरीय प्रविधिको प्रयोग 
गरी उत्पादकत्व र गुणस्तर बृद्घि गर्न सकिने, खेती गर्न कम झन्झटिलो र बढी नाफामुलक भएकोले कृषकहरु यी बालीको 
खेतीमा आकर्षित भएका जस्ता कारणले गुणस्तरीय उत्पादन ब्यापक बृद्घि गर्न सके सुन्तला र जुनारको तिव्वत निर्यात 
गर्न सकिने सम्भावना देखिन्छ । लेमन ९ऋष्तचगक ष्mियल० को नेपाली बजारका खासै माग नभएकोले तिव्वतका बजारको 
माग अनुसार जात र गुणस्तरको उत्पादन गर्न सके यसको निर्यात सभ्भावना पनि ठूलो छ । निर्यात सम्भावना हुँदाहुदै पनि 
सुन्तला र जुनारको न्यून उत्पादन, लेमोनको ब्यवसायिक उत्पादन अभाव, चीनको लागि क्वारेन्टिन पेष्ट भनी पहिचान 
भएका ग्रीनिङ्ग र क्याङ्कर जस्ता रोग, ब्याट्रोसेरा मिन्याक्स लगायतका किराको प्रकोप, कोल्ड ट्रिट्मेन्ट एवं लामो दुरीको 
ढुवानी गर्न प्याकिङ्ग लगायतका प्रविधिको अभाव, तिव्वतमा नेपाली उत्पादनको प्रतिष्पर्धी क्षमता सम्वन्धि जानकार
को अभाव जस्ता चुनौतीहरु विद्यमान छन् । तसर्थ चीनसंग भएको सम्झैता अनुसार तिव्वतमा नेपाली सुन्तलाजात 
फलफुल निर्यातलाई मुर्तरुप दिन उपयुक्त बाली शत्रुजीव सर्वे प्रोटोकल अनुसार सर्वे कार्य नियमित सन्चालन, एकिकृत 
शत्रुजीव ब्यवस्थापन कार्यान्वयन, ग्रीनिङ्ग र क्याङ्कर रोग मुक्त बगैचाको सुनिश्चितता, ब्याट्रोसेरा मिन्याक्सको व्यवस्थापन, 
प्याकहाउस तथा कोल्ड ट्रिट्मेन्ट गृहको निर्माण र प्रविधि विकास, कृषक तथा स्थानीयतहका प्राविधिकलाई तालिम 
लगायतका कार्यहरु संचालन गर्न आवश्यक छ । त्यसै गरी सुन्तला तथा जुनारको हालको उत्पादन अत्यान्त कम 
भएकोले यिनको उत्पादन बढाउने र लेमोन उत्पादनको प्रविधि विकास गरी तिव्व्तको माग अनुसार ब्यवसायिक उत्पादन 
सुरु गर्न पनि आवश्यक छ ।

Published Year
2020

Volume
Proceeding Volume 11

Issue